नर्सिङ्ग क्षमता विकास शाखाको कार्यविवरण
-
नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागि मापदण्ड तथा प्रोटोकल
निर्धारण र नियमन गर्न सहजीकरण गर्ने ।
-
गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न
आवश्यक कानुन, मापदण्ड, निर्देशिका जारी गर्न सहजीकरण गर्ने ।
-
बैकल्पिक चिकित्सा क्षेत्रमा कार्यरत नर्सिङ सेवाको गुणस्तर
मापदण्ड निर्धारण गरि क्षमता अभिवृद्धि गर्ने ।
-
विशिष्टीकृत नर्सिङ सेवा सम्बन्धि नीति, नियम, मापदण्ड
निर्धारणका लागि समन्वय तथा सहजीकरण गर्ने ।
-
स्वास्थ्य सेवा सम्बन्धी नीति,रणनीति तथा मापदण्ड निर्धारण
गर्न सहयोग गर्ने ।
-
जनरल तथा विशिष्टीकृत नर्सिङ शिक्षा र सेवाको गुणस्तर
अभिवृद्धि गर्न अध्ययन अनुसन्धान मुलक कार्य गर्ने ।
-
सामुदायीक नर्सिङ तथा मिडवाईफ्री शिक्षा र सेवाको गुणस्तर
अविबृद्धि गर्न अध्ययन अनुसन्धान मुलक कार्यमा सहजीकरण गर्ने ।
-
बिधालय स्वास्थ्य जस्ता नवीनतम बिधाहरुमा नर्सिङ सेवाको विकास
र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
-
सामुदायीक नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक
समन्वय तथा सहजीकरण गर्ने ।
-
मिडवाईफ्री शिक्षा तथा सेवाको विकास र प्रबर्धनका लागि आवश्यक
समन्वय तथा सहजीकरण गर्ने ।
-
नर्सिङ तथा मिडवाईफ्री मानव संसाधनको योजना, क्षमता अभिबृद्धि,
विकास र ब्यबस्थापनमा समन्वय र सहयोग गर्ने ।
-
पब्लिक हेल्थ नर्सिङ तथा मिडवाईफ्री सेवाको प्रोटोकल निर्माण र
निर्धारण गर्ने ।